व्यापार घाटा १३ खर्ब माथि

963
shares

काठमाडौं । मुुलुकको आयात र निर्यात दुवै घटेको छ। व्यापार घाटा भने १३ खर्ब रुपैयाँ माथि रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकअनुसार कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई रु. १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो।

 

यो ११ महिनामा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु.१ खर्ब ३९ अर्ब २६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो।

 

जेठसम्म कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई रु.१३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो।

civil hospital
Hams Hospitals