१४६ सांसदले लाइन लागेर सर्वोच्चमा देखाए आफ्नो भौतिक उपस्थिती
वि.सं.२०७८ जेठ १० सोमवार
shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसद हस्ताक्षर सहित रिट बोकेर सर्वोच्च अदालत पुगेका छन्।
सो टोलीमा पाँच दलका शीर्षनेता समेत छन्।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका गरी १ सय ४६ सांसदको हस्ताक्षरसहित नेताहरु सर्वोच्च पुगेका हुन्।
सबै सांसदहरुले लाइन लागेर आफ्नो भौतिक उपस्थिती समेत देखाएका छन्। दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित नेताहरु सर्वोच्चमा रिट पेस गरेर अहिले फर्केका छन्।
१४९ जना सांसदको हस्ताक्षर सहित रिट दर्ता हुने भनेपनि नेकपा एमालेको माधव नेपाल पक्षीय ३ सांसदले अन्तिम समयमा हस्ताक्षर नगरेपछि १४६ सांसद सशरिर अदालत पुगेका हुन।
संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर भएको रिट निवेदनमा के छ? तल हेर्नुहोस्




























