“मालती” मा प्रवण भुसाल देखिने…
वि.सं.२०८१ असार ३० आइतवार
shares
नेपाली चलचित्र, मोडेलिङ्ग क्षेत्रमा आफ्नो स्थान बनाउन सफल कलाकार प्रवण भुसाल पुन सानो पर्दा मा देखिने भएका छन्। आफ्नो फेसबुक मा नेपाली टेली चलचित्र ” मालती ” को पोस्ट सियर गर्दै अनुबन्धित भएको जानकारी प्रवण भुसाल गराएका हुन्। नेपाली चलचित्र, म्युजिक भिडियो, बिज्ञापन र छोटा चलचित्रमा निरन्तर काम गरिरहेका प्रवण ले यो भन्दा पहिला पनि बैकुण्ठ यात्रा , दृस्टी, राधा जस्ता टेलिचलचित्र अभिनय गरिसकेका छन।
मलाई सोसियल इस्सु मा कामगर्न निकै मनपर्छ यो भन्दा पहिला पनि मैले परिबर्तन, द डटर , मृत्युकोष जस्ता सोसिअल इस्सु आधारित चलचित्र मा काम गरेको हामीसंग को कुराकानी मा बताए यस टेलिचलचित्र आफ्नो फरक भूमिका गर्नलागेको ले निकै नै आशाबादी रहेको जानकारी दिए।
सामाजिक कथाबस्तु मा निर्माण हुने यस टेलिचलचित्र मा छुवाछुत र समाजमा महिलाले भोग्नु परेको व्यथा लाई उठान गरिएको छ। यम यच फिल्म्स को ब्यानर मा सावित्री हुमागाईं को प्रस्तुति, एबम उत्तम प्रसाद अधिकारी को निर्देशन रहेको टेलिचलचित्र “मालती” मा प्रवण भुसाल, समिप निरौला, काजल भुजेल, प्रति शिवाकोटी, दिपक केसी, मुस्कान तामाङ्ग, बिबस रेग्मी, सुस्मिता केसी लगायतको अभिनय रहनेछ भने
मुकेश हुमागाईं को छायांकन, एलोन रेसम को लेखन तथा अर्जुन थापा को सम्पादन रहने छ।
































