उपत्यकामा २० गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खोल्न नपाइने

1.1K
shares

काठमाडौं । काठमाडौं उपत्यकामा २० गतेसम्म निषेधाज्ञा थपिने भएको छ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाका तीनवटै जिल्लामा जेठ १४ गते बिहान ६ बजेबाट शुरू हुने निषेधाज्ञा जेठ २० गते राति १२ बजेसम्म कायम रहनेछ।

थप गरिएको अवधिमा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर लगायतका अन्य पसल पूर्ण रूपमा बन्द गरिने पराजुलीले बताए।

अब बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल खोल्न पाइनेछ भने किरानालगायतका पसल खोल्न रोक्ने लगाइने भएको छ।

civil hospital
Hams Hospitals