वीरगन्जमा भीम रावलको पुतला दहन, साम्प्रदायिकता भड्काउन खोजेको आरोप

1.2K
shares

वीरगन्ज । वीरगन्जमा विभाजित नेकपाका नेता भीम रावलको पुत्ला दहन गरिएको छ। पुत्ला दहनको नेतृत्व गरेका अमिताभ बचन दासले रावलमाथि भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाएका छन्।

उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० ९१० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको बाबजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौँ-लाख युवा-युवतीहरुलाई विभिन्न बहाना र जालझेलको आडमा अनागरिक बनाइ राख्ने षड्यन्त्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरू मधेस विरोधी हुन्।’

सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि सोमबार रावलले वीरगन्जमा नागरिकता लिनेको भीड लागेको भन्दै ट्विट गरेका थिए। केपी शर्मा ओलीले जनतालाई घरमा बन्द गरेर विदेशीलाई चकलेट बाँडेजस्तै गर्न लागेको भन्दै वीरगन्जमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठुलो सङ्ख्या रहेको भन्दै ट्विट गरेका उनले उक्त ट्विट हटाइ सकेका छन् ।

civil hospital
Hams Hospitals