गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ : बालेन साह
वि.सं.२०८१ भदौ १८ मंगलवार
1.5K
shares
shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू दोषी भए पक्राउ गर्न सरकारलाई चेतावनी दिएका छन्। होइन भने उनले दोषीलाई पक्राउ गर्न भनेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’ लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मा र बालेनबीच विवादमा उनले यस्तो भनेका हुन्।





























