मोडल बुढाथोकी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

25.1K
shares
Nabil bank

काठमाडौं।शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकि माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिकिम तथा नेपालबाट छनोट भयका उत्कृष्ट ब्याक्तीत्वोहरुलाइ अवार्ड बितरण गर्नुका  साथै सामजिक छेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ।

 

उक्त कार्यक्रममा प्रमुख आतिथि कोलकाताका लगि नेपाली नायबमहाबाणिज्य दुत जनक राज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ आभिनेत्री बिपना थापा, साथै कोलकाताका विभिन्न नेपालि संघ सस्थाका ब्यक्तित्व रहेको तिज महोत्सव तथा अवार्ड कार्यक्रममा स्वस्थ्य, शिक्षा, सहित्य, चलचित्र, संगीत ,नृत्य, सामाजिक लगायतका बिधाहरुलाइ समेटियको थियो । अवार्ड  ग्रहण गर्नु हुने मघ्ये टाेखा निवासी नृत्य निर्देशनक तथा मोडेल बेद बहादुर बुढाथोकी (रोशन) रहनुभएकाे छ। उहाकाे जन्म ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नंः २ मा भएकाे थियाे उहाले सानै उमेरदेखि यस क्षेत्रमा याेगदान दिदै आउनु भएकाे छ ।उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भई थुप्रै सम्मान तथा अवार्ड प्राप्त गर्नु भएकाे छ र दर्जनौ  नेपाली लोक ,आधुनिक गित हरुमा मोड्लिङ गरिसक्नु भयको बुढाथोकी ले धेरै गितहरुको भिडियो निर्माण गरि निर्देश समेत गर्नु भयको छ ।

बिभिन्न देश बिदेशमा गयर स्टेज कार्यक्रमहरुमा आफ्नाे नृत्य प्रस्तुती दिनुभएकाे बुढाथोकी चलचित्र नृत्य संघ ,लोक दोहाेरी प्रतिस्ठान लगायत का संघ सस्थामा आबद्ध हुनुहुन्छ । यस्तै काठमाडौका विभिन्न बिद्यालयहरूमा नृत्य शिक्षाको रूपमा कार्यरत हुनुहुन्छ ।आगमी दिनहरूमा पनि यसै क्षेत्रमा निरन्तरता दिने उहाकाे साेच रहेकाे बताउनु भएकाे छ ।

गिता आधिकारिले सम्योजन गरेको यस कार्यक्रममा नारायण रिजालले उपस्थिति तथा सहयोगि संघ सस्था हरुलाइ धन्नेवात दिदै नेपालि कला र सस्कृति लाइ बिश्व सामु चिनाउन यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयो। यस कार्यक्रममा  रोशन बुढाथोकी ,रेनुका रिजाल,बिनि लिम्बु, प्रतिज्ञा भण्डारी, लगायतको याक नृत्य, सुनुवार तथा राष्ट्रियता झल्काउने नृत्य प्रस्तुति गरिनुको थियाे । साथै सारिका घिमिरे, सन्तोशि सिंह र सरित थापा मगरको गायनले स्टेजमा आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x