माधव नेपालको विद्रोह आत्मघाती कदम : शंकर पोखरेल

1.7K
shares

काठमाडौं,नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपाल र झलनाथ खनालको विद्रोहले वैधानिकता नपाउने दाबी गरेका छन् । उनले माधव खनाल पक्षको कदमलाई आत्मघाती हुने समेत बताएका छन् ।

पोखरेल भन्छन् “जहाँसम्म जिम्मेवार नेताहरूको विद्रोहको कुरा छ त्यो वैधानिक रूपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रूपमा त त्यो आत्मघाती कदम नै हो । नेपाली काँग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलिए व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।”

बिहीबार बिहान संसद विघटन सम्बन्धी आफ्नो धारणा फेसबुकमा राख्दै पोखरेलले नेपाली काङ्ग्रेस भूमिकामा समेत प्रश्न उठाएका छन् । उनी भन्छन्

नेपाली काँग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलिए व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।

तर नेपाली राजनीति सत्ता विरोधी मानसिकतावाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति वढ्दो क्रममा छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो । त्यर त्यसवाट नेपाली राजनीति नै वहुआयामिक द्वन्द्वको शिकार वन्नु पर्यो । अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ । जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभावाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिदैन ।

civil hospital
Hams Hospitals