शेयर बजारमा नयाँ रेकर्ड
वि.सं.२०७८ जेठ १३ बिहीवार
15.4K
shares
shares
काठमाडौं । नेपाली सेयर बजारमा आज एकैदिन झण्डै १५ अर्बको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यसदिन १४ अर्ब ७६ करोड माथिको कारोबार भएको हो। यो हालसम्मकै उच्च हो।
यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । बिहीबार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्। यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो ।
नेप्सेमा आज सामान्य करेक्सन देखिएपनि कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो।
नेप्से परिसूचक आज १.२० अंकले घटेर २८१५.३९ को बिन्दुमा पुगेको छ। यसदिन हाइड्रो कम्पनीहरुको सेयर मूल्य सर्वाधिक बढेको छ।
लघुवित्त समूहको शेयर घटे पनि आज जलविद्युत् समूहको शेयर भने उकालो लागेको हो।
यी हुन आज सबैभन्दा धेरै कमाउने कम्पनी

Subscribe
0 Comments
Oldest
































