नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाबाट २५ लाखको घातक रोग दाबी भुक्तानी
वि.सं.२०७८ जेठ १३ बिहीवार
1.7K
shares
shares
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाबाट २५ लाखको घातक रोग दाबी भुक्तानी गरेको छ । सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम २५ लाख विमाङ्ग रकम वापत बिहिबार भुक्तानी गरीएको छ ।
शकुन्तला कुमारी पोद्दारले मिती २०७६ कार्तिक २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिईन् । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो ।




























