पहिरोमा पुरिएर नेपाली सेनाका कर्णेल केसीको निधन

1.7K
shares

 

सिन्धुपाल्चोक। पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो ।

 

सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए ।रिसोर्टमा सुतिरहेको बेला शनिबार रिसोर्ट माथिबाट पहिरो खसेको थियो।कर्णेल केसीसहितको टोली सुरक्षित स्थानमा पुगेपनि कोरियन नागरिक नउठेपछि केसी उनीहरूलाई उद्धार गर्न गएका थिए।त्यही बेला ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको थियो । केसी केही समयअघि मात्रै कर्णेलमा बढुवा भएका थिए

civil hospital
Hams Hospitals