नेपालले जित्यो टी-२० सिरिज

13.6K
shares
Nabil bank

 

काठमाडौं । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ ।

 

दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

 

नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनमा अविजित रहे । सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

 

 

सोमपालले शानदार प्रदर्शन गरेसँगै अमेरिका २ रनमै रोकिएको थियो। सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए । शायन जहाँगीर एक र आरोन जोन्स शुन्य रनमा आउट हुँदा आन्द्रेस गौस एक रनमा अविजित रहेका थिए ।

 

 

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

 

अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

 

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् । नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनमा अविजित रहे ।

 

सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले शानदार प्रदर्शन गरेसंगै अमेरिका २ रनमै रोकिएको थियो। सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए ।

 

शायन जहाँगीर एक र आरोन जोन्स शुन्य रनमा आउट हुदा आन्द्रेस गौस एक रनमा अविजित रहेका थिए । नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनमा अविजित रहे ।

 

सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले शानदार प्रदर्शन गरेसंगै अमेरिका २ रनमै रोकिएको थियो। सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए ।

 

शायन जहाँगीर एक र आरोन जोन्स शुन्य रनमा आउट हुदा आन्द्रेस गौस एक रनमा अविजित रहेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x