युभेन्टसद्वारा प्रशिक्षक पिर्लो बर्खास्त, एलेग्री नियुक्त

27K
shares
Nabil bank

एजेन्सी।इटालियन फुटबल क्लब युभेन्टसले प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ।

अब पिर्लाेका ठाउँमा युभेन्टसकाे प्रशिक्षककाे रुपमा एलेग्री रहने जनाइएको छ ।

 

४२ वर्षीय पिर्लो यस सिजनको शुरुवातमा युभेन्टसमा आवद्द भएका थिए । उनले माउरिजियो सारीलाई प्रतिस्थापन गरेका थिए ।

सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न नसकेपछि क्लबले पिर्लोलाई जिम्मेवारीबाट मुक्त गरेको हो । युभेन्टसले यस सिजन लिगको अन्तिम चरणमा अन्य टोलीको भर परेर च्याम्पियन्स लिगमा स्थान बनाएको थियो ।

 

पिर्लोले इटालीको राष्ट्रिय टोलीका लागि १ सय १६ खेल खेलेका थिए । उनले सन् २००६ को विश्वकप जिताउँदा प्रभावशाली प्रदर्शन गरेका थिए । पिर्लाे युभेन्टसका पुर्व खेलाडी समेत हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x