‘गणतन्त्रका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ’: प्रचण्ड
वि.सं.२०७८ जेठ १५ शनिवार
2.2K
shares
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।
आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी शक्तिहरुबीच राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन् ।
उनले जनयुद्ध, जनआन्दोलनलगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात शहीदहरुप्रति साथै कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न अपिल पनि गरेका छन् । स्वदेशमै उपलब्ध साधन स्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परेको उनको भनाइ छ ।




























