सरकारले सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने
वि.सं.२०७८ जेठ १५ शनिवार
1.3K
shares
shares
काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै, अर्थमन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिइने घोषणा गरेका छन् । स्नातक तह माथिकाले यो सुविधा पाउने उनले बताए ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।




























