पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

18.7K
shares
Nabil bank

 

काठमाडाैं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।निर्देशक थापाविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगोसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

त्यसैगरी, निर्देशनालयका लेखा अधिकृत रामप्रसाद बजगाईं, पशु विकास अधिकृतद्वय डा. पूजा शर्मा, विश्वेश्वरप्रसाद खनालविरुद्ध पनि सोही रकम बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो ।त्यसैगरी, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालि र उक्त प्रालिका अध्यक्ष लोकबहादुर बोहरा, व्यवस्थापक सुरतबहादुर भुल र इन्जिनियर पुष्कर भण्डारीविरुद्ध पनि मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ मा हाटबजार निर्माण गर्दा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको हो ।उक्त हाटबजार निर्माण गर्ने सम्झौतामा कामभन्दा बढी मूल्यांकन गरी भुक्तानी दिएको अभियोग पत्रमा उल्लेख छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x