१ सय २६ जना फरार प्रतिवादी पक्राउ

11.5K
shares
Nabil bank

 

परासी — पश्चिम नवलपरासीमा एक महिनामा १ सय २६ जना फरार प्रतिवादी पक्राउ परेका छ्न् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएर मंसिर ६ देखि पुस ६ गतेसम्ममा १ सय २६ जना फरार प्रतिवादी पक्राउ गरेर अदालतमा पेस गरेको हो । अदालतबाट कैद र जरिवाना फैसला भएर फरार भएका प्रतिवादी पक्राउ गरेर ४८ वर्ष १ महिना २७ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादवले बताए ।

चालू आर्थिक वर्षको पुस ५ गते सम्ममा ३ सय ४६ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत पेस गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x