प्रहरी निरीक्षक राई प्रहरी मुख्यालय तानिए
वि.सं.२०८१ पुस ८ सोमवार
18.4K
shares
shares
कलैया । बारा जिल्लाकाे इलाका प्रहरी कार्यालय सिम्राैनगढका प्रहरी निरीक्षक नवीन राई प्रहरी मुख्यालय तानिएका छन् ।
उनलाई मुख्यालयमा तानिएको पत्र साेमबार जिल्ला प्रहरी कार्यालय बारा पुगेको थियो । उनी मंगलबार काठमाडौ जाने तयारी गरेको पनि थाहा भएको छ । तर उनको ठाउँमा काे जाने भन्ने नाम अहिलेसम्म किटान नभएको जिल्ला प्रहरी कार्यालय बारा स्रोत बताउँछ ।
त्यसाे त उनको समयावधि पनि झण्डै १२ महिना पुगिसकेको थियो ।केही महिना देखि सिम्राैनगढ क्षेत्रबाट व्यापक तस्करी भैरहेको थियो ।
Subscribe
0 Comments
Oldest






























