पूर्वसांसद मिना गुरुङ पक्राउ, यस्तो छ कारण हेर्नुहोस्
वि.सं.२०८१ पुस ९ मंगलवार
2.3K
shares
shares
पोखरा । गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छन् । सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोप लागेकी गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।
उनीसहित आरती गुरुङलाई पक्राउ गरिएको कास्कि प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।




























