गाउँको दुरदराज देखि काठमाडौँको सिंहदरबारसम्म, सिंहदरबारन्यूज डटकम
वि.सं.२०८१ फागुन ७ बुधवार
shares
बजारमा समाचार पोर्टलको कमी छैन । बिभिन्न किसिमका पोर्टलहरु बजारमा धेरै छन् । यही भिडमा विगत ५ वर्षदेखि सिंहदरवारज्यूज डटकमले नीतिगत निर्णय, प्रशासनिक गतिविधि, उच्चस्तरीय बैठकहरुको जानकारी जनतासमक्ष पुर्याउदै आएको छ । राज्यका नीति, निर्णय, ऐन–नियम, बजेट वितरण जस्ता विषय जनताले सहजै थाहा पाउनुपर्छ । जनताले सरकारको कामकाजमाथि निगरानी राख्न पर्छ, जसले प्रशासनलाई जवाफदेही बनाउँछ । यसमा पनि हामी मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछौं । कतिपय सरकारी निर्णयहरु पारदर्शी हुन्न । यसलाई ढाकछोप हुन नदिन स्वतन्त्र सञ्चारमाध्यमको आवश्यकता हुन्छ । सरकारका गतिविधिहरू पारदर्शी बनाउन, जनता र राज्यबीचको दूरी घटाउन साथै, नीति निर्माणका प्रक्रिया बुझाउन र यसका बेथितिको बिषयमा आम जनताहरुलाई सुसुचित गराउन हाम्रो कलम निरन्तर चलिरहनेछ ।
नीतिगत निर्णयहरूमाथि नागरिकस्तरमा बहस हुनुपर्छ, जसले लोकतन्त्रलाई बलियो बनाउँछ ।
समाचारका स्रोतहरू सरकारकै नियन्त्रणमा रहन सक्छन्, जसले निष्पक्षताको प्रश्न उठ्छ । वास्तविक समस्या उठाउने सञ्चारमाध्यमलाई दबाउने प्रयास हुन सक्छ । लुकेका बिषय र नियतबश लुकाईएका बिषय खोजी गर्ने दायित्व आम सञ्चार माध्यामको हो ।
सिंहदरबारन्यूज एक महत्वपुर्ण माध्यम हो जसले लोकतन्त्रलाई बलियो बनाउन, शुशासन प्रवद्र्धन गर्न, राज्य र अन्तराष्ट्रिय जगतको समेत महत्वपुर्ण सुचनाहरुको विषयमा जनतालाई सुसुचित बनाउन मद्धत गर्दछ । यसको प्रभावकारिता पत्रकारिताको निष्पक्षता, सत्यता र विश्वसनीयतामा निर्भर गर्दछ । यस बिषयमा हामी गम्भीर छौं । सञ्चार माध्यामको भिडमा नयाँ ढंगले समाचारका विषयहरु उठान गर्नेछौ ।
विगत लामो समय देखि पत्रकारिताको क्षेत्रमा कार्य गर्दै यहाँसम्म आईपुग्दा सबैको माया, सकारात्मक सहयोग र सद्भावले यस क्षेत्रमा अझ सशक्त भएर कार्य गर्नको लागि थप उर्जा मिलेको छ । सिंहदरबार न्यूज डटकमले प्रशासन, राजनीति, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन,आर्थिक जस्ता विषयहरुमा समाचार सम्प्रेषण गर्दै सुचना प्रवाह गरीरहेको छ ।
युगले कोल्टे फेर्दै गरेको यो अवस्थामा सिंहदरबारन्यूजबाट प्रकाशित हुने समाचारहरु समसामयीक बनाउने हाम्रो प्रयन्त निरन्तर रहनेछ । स्वच्छ र मर्यादित पत्रकारिताको माध्यामबाट बेतिथि, अनियमितता उजागर र खबरदारी गर्ने, सुशासन अभिवृद्धि र समग्र राज्यको समृद्धिको खातिर समन्वयकारी भुमिका यस सिंहदरबार न्यूज डटकमले निर्वाह गर्नेछ ।





























