शहरी विकास मन्त्रालयका करार कर्मचारी माथि गिद्धे दृष्टि ?
वि.सं.२०८१ चैत १० आइतवार
shares
काठमाडौं । हरेक मन्त्रालय बिभाग वा कार्यालयमा स्थायी कर्मचारी भन्दा अस्थायी कर्मचारीको काम धेरै हुन्छ । लोकसेवा पास गरेपछि सरकारले ठेक्कै लिन पर्छ भन्ने मान्यतामा स्थायी कर्मचारीहरु रहेका हुन्छन् । तर, करार सम्झौता गर्ने बेला भने करार कर्मचारी माथि स्थायी कर्मचारी र राजनीतिक शक्ति हावी हुने गरेको छ । हाजिर गरेर तलव पचाउने स्थायी कर्मचारीको उक्सावटमा मन्त्रीको सचिवलायले अहिले सहरी विकास मन्त्रालयमा यस्तै दादागिरी देखाईरहेको छ । चैत्र मसान्तसम्म करार अवधि भएका कर्मचारीलाई अनेक वहान वनाएर धम्क्याउने र थर्काउने गर्दै आगामी करार नथप्ने बताउन थालेको एक करारका कर्मचारीले बताए ।

सहरी विकास मन्त्रालयको सचिवालयले ३२ जना करारका कर्मचारीहरुलाई हटाउने भनिरहेको छ । दादागिरी शैलीमा हटाउने निर्णय गर्न थालेपछि कर्मचारीहरु आतंकित बनेका छन् । बिगतमा छ महिनाको करार नियुक्ति पाउने कर्मचारीहरुलाई ३ महिनाको मात्रै नियुक्ति दिएर आतंक सिर्जना गर्न लागेको हो । साउन १ गतेदेखि माघ मसान्तसम्म करार अवधि पाएका कर्मचारीले माघदेखि चैत्र मसान्तसम्मको करार अवधि सम्झौता पाएका छन् । यस अघि छ महिनाको अवधि राखेर सम्झौता गरिने चलन थियो तर, अहिले तीन महिने सम्झौता पत्र थमाईएको छ ।
बर्षौसम्म काम गरेका कर्मचारीहरु अहिलेको मन्त्री आएपछि त्राहीत्राहीमा बस्नु परेको प्रतिकृया दिन थालेका छन् । आफ्ना मान्छे भर्ती गर्नका लागि उनीहरुले यो योजना बनाएका हुन् । त्यसोत केही करारका कर्मचारीलाई थमौती गर्ने भए रकम दिनुपर्ने माग पनि आएको पीडितहरुको भनाई छ । ती कर्मचारीका अनुसार करारका कर्मचारीहरुको रोजिरोटि खोस्न मन्त्री नै लागि परेका छन् । अरु कति धेरै कामहरु छन् तर, मन्त्री र उनको सचिवालय करार कर्मचारीको वारेमा बहश गरेर दिन काटिरहेका छन् ।
राष्ट्रिय स्तरका काम छोडेर करारका कर्मचारीहरु हटाउनु लागनु हास्यास्पद भएको एक कर्मचारीले बताए । त्यसोत अहिले यो मन्त्रालयमा हेल्मेट हराउनेदेखि अतिआवश्यक बस्तु चोरी हुने क्रम बढेको छ । सुरक्षाको हिसावले संवेदनशील रहेको सिंहदरवार भित्र रहेको यो मन्त्रालय भित्र कहिले हेलमेट त कहिले के के हराएको भन्दै दैनिक रुपमा गलफक्ति हुने गरेको एक प्रत्यदर्शीले बताए ।
मन्त्रालय भित्रको वातावरण पनि औधी दुःख लाग्दो देखिन्छ । मन्त्रालय नै अहिले फोहोर फाल्ने ठाउँ जस्तै भएको छ ।





























