ब्राजिलविरुद्ध अर्जेन्टिनाको सानदार जित

15.5K
shares
Nabil bank

 

काठमाडौं।घरेलु मैदानमा ब्राजिलविरुद्ध अर्जेन्टिनाले सानदार जित हासिल गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलविरुद्ध ४–१ को सहज जित निकाल्दै अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा स्थान पक्का गरेको हो ।स्टाडियो मास मोनुमेन्टलमा सम्पन्न खेलमा फिफा विश्वकपको साबिक विजेतासमेत रहेको अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलेक्सिस र गुइलियानो सिमोनले गोल गरे । ब्राजिलका म्याथेस कुन्हाले एक गोल फर्काएका थिए ।

 

खेलको चौथो मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटपछि फर्नान्डेजले घरेलु टिमको अग्रता दोब्बर बनाए । ३७औँ मिनेटमा म्याक एलिस्टरले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो । ७१औँ मिनेटमा सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को स्थितिमा राखेका थिए । सिमोनको यो राष्ट्रिय टिमबाट पहिलो गोलसमेत हो । यसपछि थप गोल नहुँदा नियमित कप्तान मेसीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले सहज जित निकालेको हो । जितसँगै दक्षिण अमेरिकी छनोटको लिग लिडर अर्जेन्टिनाले १४ खेलबाट ३१ अंकसहित विश्वकपमा स्थान सुनिश्चित गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x