लघुकथा : फल

28.4K
shares
Nabil bank

 

 

 

 

”  आज  ठूलै नेताको हवाइजहाज  दुर्घटनामा  ज्यान गएछ  ।”

 

सामाजिक सञ्जाल भरी छ्यापछ्यापी हार्दिक श्रद्धाञ्जलीको ओइरो थियो ।

हल्ला चल्यो , ” बाँचुन्जेल केही गरेनन् क्यारे ?  आफ्नै भुँडी भर्दा ठिक्क  , देश र जनताको बारेमा केही सोचेनन् ? ”   भिडबाट ठुलै  आवाज आयो ।

 

यमलोकमा पनि कचरी चल्यो । यमराजले सिंहासनबाट चित्रगुप्तलाई सोधे ।

 

-“के छ,  आजको खबर, को- को आएका छन् पृथ्वीबाट ? ” चित्रगुप्त !

“ठूलो भुँडी भएको  ठूलै नेता र साधारण ख्याउटे आएका छन् ।”

 

-“ल ! ल ! तिनीहरूले के के गरेका रहेछन्  ?  फाइल पल्टाएर राम्रोसँग हेर्नुस् त ।” यमराजले भने

 

चित्रगुप्तले  सबै कुरा बुझे ,   ” ठुलो भुँडी भएको नेताले घुस धेरै खाएको , भिडको प्रकृति हेरेर भाषण गरेको , विकास र निर्माणका काम नगरेको,   रेकर्ड निकाले । ”

 

ख्याउटेको  फाइल पल्टाई हेर्दा ,  ”    सोझो, इमान्दार , दु: खी किसान  रहेको बुझाए ।”

 

यमराजले सबै  नियाले ,  ”  पृथ्वीको वस्तुस्थिति बुझ्न  स्वयम्  भेष बदलेर जाने निर्णय गरी पृथ्वीलोक झरे । ”

 

” बाटोघाटो, धुवाँधुलो, नेता र सर्वसाधारणको जीवनशैली  नजिकैबाट हेरी पुनः स्वर्गलोक सवारी भए । ”

 

यमराजले निसाफ गरे, “ठूलो भुँडी भएको नेतालाई नर्क पठाऊ र ख्याउटेलाई  स्वर्ग पठाऊ । ”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x