राजस्व अनुसन्धान बिभागमा मस्ती मार्ने शक्तिशाली घिमिरे
वि.सं.२०८२ वैशाख ७ आइतवार
shares
काठमाडौं ।अबैध आर्थिक चलखेल हुने कार्यालयमा एउटै व्यक्ति लामो समयसम्म किन काम गर्ने अवसर पाउँछन् भन्ने जिज्ञासा धेरैले गर्ने गरेका छन् । मालपोत,भन्सार,एयरपोर्ट तथा राजस्वसँग सम्वन्धित कार्यालयमा तल्ला तहका कर्मचारी लामो समयसम्म काम गर्नुलाई उनको बिशेष दख्खल भन्दा पनि अतिरिक्त कामका रुपमा हेरिन्छ । मालपोत कार्यालयमा सुब्बा,खरदार तहका कर्मचारी दश बर्षसम्म एउटै कार्यालयमा बसेका हुन्छन् । उनीहरुको आयस्तर पनि अस्वभाविक देखिएका छन् । यस बारे धेरै समाचारहरु पनि प्रकाशन भएका छन् । अख्तियार जस्ता नियमनकारी निकायले अनुसन्धान गर्दा पनि उनीहरु समातिएका उदाहरणले पनि सो कुराको पुष्टि गर्दछ ।
त्यस्तै अबैध आर्थिक चलखेल हुने स्थानको रुपमा रहेको राजस्व अनुसन्धानमा पनि तल्ला तहका कर्मचारीको सरुवा नहुने, भईहाले पनि तुरुन्तै थमौती हुने क्रम देखिएको छ । यस्तै लामो समयसम्म राजस्व अनुसन्धानमा काम गर्ने अवसर पाउने कर्मचारी हुन्, रामचन्द्र घिमिरे । राजश्व अनुसन्धान विभागमा उनको पद कम्युटर अपरेटको छ । उनको हाजिरी हेर्ने हो भने लामो समयदेखि विभागमा बसिरहेको देखिन्छ । इटहरीको राजश्व अनुसन्धान कार्यालयमा भित्रिया भएर काम गरेका घिमिरे पुनः राजस्व अनुसन्धान बिभागमै आइपुगेका छन् ।
ईटहरी पनि अबैध आम्दानी हुने कार्यालयमा पर्दछ । उनको बिभाग बसाई सात बर्ष हुन लागेको जानकारहरु बताउँछन् । हुनत उनको सरुवा पनि हुन्छ तर, उनी त्यही थमौती गर्न सफल हुन्छन् । कर्मचारीका नेता र राजनीतिकका नेता प्रयोग गरेर दाम चढाउँदै उनी बिभागमै मस्ती मारिरहेका छन् । जुनसुकै नयाँ हाकिम आएपनि घिमिरेलाई खोज्ने कारण पनि उनको त्यहाँको बसाई अस्वभाविक भएको बिभागका एक कर्मचारीले बताए ।
जव सरुवाको बेला आउँछ उनी हरेक दिन संघीय प्रसासन मन्त्रालयमा मेरो सरुवा नगरिदिनु भन्दै जाने गरेका छन् ।
त्यसोत विभागमा घिमिरेको हातमा स्टोरमा साँचो पनि हुन्छ । स्टोरको हालिमुहाली गर्ने घिमिरेका अबैध आम्दानीले नजिकका नातेदारहरु पनि जिभ्रो टोक्ने गर्दछन् । एउटा सामान्य कर्मचारीको यो स्तरको आर्थिक उपार्जन कसरी भयो ? एक आफन्तले प्रश्न पनि गरे ।
यस बिषयमा हामिले कुरा गर्न खोज्दा घिमिरे सम्पर्कमा आउनै चाहेनन्।
































