कम्पनी रजिष्टार कार्यालयमा बिचौलियावीना कामै हुन्न

4.1K
shares

 

काठमाडौं ।कम्पनी रजिस्ट्रार कार्यालयमा कर्मचारीको दादागिरी अनि सर्भरलाई दोष लगाएर आफू पन्छिने र सेवाग्राहीलाई दुःख दिने कर्मचारीको दैनिक काम हो ।

 

यहाँको प्रणाली अनुसार चाहिँ १ देखि १० नम्वरसम्म परेको काम सोही दिन गर्नुपर्ने रहेछ । तर, भनसुन र मालदार सेवाग्राही भएमा नम्वरको कुनै मतलव नहुँदो रहेछ । १० नम्बरकै भएपनि मालपानी जुट्ने काम पहिला हुँन्छ ।

 

बिचौलियावीना गएका कुनै पनि सेवाग्राहीको फाईल नै नहेरी डकुमेन्ट मिलाएर ल्याउनुस भन्ने यहाँको चलन छ ।

 

नयाँ सफ्टवेयर त सेवाग्राहीलाई धुत्नमात्र प्रयोग भएको रहेछ । अझ यहाँका जिम्मेवार कर्मचारीको व्यवहार हेर्दा साह्रै दिक्क लाग्दो अवस्था छ । सेवाग्राहीप्रति साह्रै अनुदार यहाँका कर्मचारीहरुको रुखो व्यवहारले समग्र सरकारी संयन्त्रकै  बारेमा खिल्ली उडाए झैँ लाग्छ ।

 

कामका लागि सेवाग्राही कर्मचारी समक्ष पुग्दा सिधै हुँदैन भनिन्छ । अनि कारण सोध्दा मिलाएर ल्याउनुस् भनिँदो रहेछ । अझ खुलमखुला अतिरिक्त पैसा माग्ने यहाँको परम्परा जस्तै रहेछ । सेवाग्राहीलाई बिचौलिया भेट्न पठाउने यहाँका कर्मचारीको नियम नै रहेछ । हो, कुनै काममा कागजात नपुग्न सक्छ सवै बिषय सेवाग्राहीलाई जानकारी पनि नहुन पनि सक्छ । तर, त्यो काम रिजर्वमा राखेर रुपैयाँ लगानीपछि सोही दिन काम पनि हुँदो रहेछ ।

 

 

बिचौलियामार्फत आएका डकुमेन्ट र कामहरू सबैभन्दा पहिला गर्ने र सेवाग्राही स्वयं आउँदा प्रणाली र पालोमा काम गर्नुपर्छ भनेर दुःख दिने यो कार्यालयको पहिचान नै हो ।

 

एउटा कम्पनी दर्ता गर्न कम्तिमा पनि एक हप्ता लाग्ने प्रणाली रहेछ । त्यो पनि प्रणालीको टप १० मा पर्यो भने काम हुने नत्र एकहप्ता कुर्नु पर्ने यहाँको नियम जस्तै छ । सरकारी काम तुरुन्तै गर्ने मुख्यसचिवकै नेतृत्वमा बसेको बैठकले निर्णय गरेको थियो । तर, त्यो नियम कम्पनी रजिष्ट्रार कार्यालयमा धोती लगाईएको छ ।

 

हुनत सरकारले सेवाग्राहीको गुनासो सुन्ने कर्मचारीको पनि व्यवस्था गरेको छ । गुनासो सुन्ने अधिकारी ज्ञानराज कोईराला छन् । उनी प्रायः कार्यालयमा भेटिदैनन् । फोन उठाउने उनको बानी पनि छैन रे ।

 

अनि सूचना अधिकारीको पनि व्यवस्था छ । यहाँका सूचना अधिकारी हुन्,सोमराज बराल । उनलाई सरकारले मोवाईल र त्यसमा पैसा पनि राखिदिएको हुन्छ । तर, बरालको फोन रिसेप्सनमा फरवार्ड गरिएको छ । सूचना अधिकारी कार्यालय समयमा कार्यालयमा भेटिदैनन् । कार्यालय समय सकिएपछि उनीहरुको चहलपहल सुरु हुन्छ र, लाईन मिलाईएको काम धमाधम हुँदोरहेछ । मैले बराललाई यो बिषयमा जानकारी पनि गराए । तर, उनी तातो तेलमा पानी पड्के झैँँ पड्किए । उनले भने, ‘म तपाईको मात्र काम गर्न बसेको हुँ र ? मलाई मन्त्रालयमा बोलाईएको थियो त्यहाँ गएको छु ।

 

त्यहाँ प्रणालीमा जानुस् काम गर्नुस । ’ तपाई दुई दिन पछि आउनुस्,आज तपाइको काम हुदैँन सिस्टममा पालो आएपछि काम हुन्छ।प्रणाली भनेको उनको आशयमा बिचौलिया भन्ने बुझिन्थ्यो । मन्त्रालयमा काममै गएका होलान् कि होईन भन्ने बिषयमा जिज्ञासा लाग्यो अनि मन्त्रालयमा टेलिफोन गरेर सोधे ! तर, उनलाई मन्त्रालय बोलाउने कामै नभएको मन्त्रालयबाट जानकारी पाईयो । मन्त्रालयका एक उपसचिवले भने, ‘कार्यलयमा काम गर्न पठाएको कर्मचारीलाई माथि बोलाउने कामै हुन्न । बोलाउनै पर्ने भए कार्यालय प्रमुखलाई बोलाईन्छ ।’

 

अनलाइनबाट काम हुन्छ भनेर प्रचार गर्ने कम्पनी रजिस्ट्रार कार्यालयमा दुःख दिने नियत मात्र देखिन्छ । यसको अन्त्य हुने संभावना नै छैन । यस्ता अराजकहरू लाई सम्बन्धित निकायले चाँडोभन्दा चाँडो कारबाही गरोस् ।

 

बिहान १० बजेदेखि नै काम हुने आसमा कार्यालयमा सेवाग्राहीहरु पुगिसकेका हुन्छन् तर तपाईंको काम आज हुँदै हुँदैन भनिन्छ । तपाईँ भोलि आउनुस् भनिन्छ । काम किन हुँदैन भनेर सोध्यो भने ‘सिस्टम’ मात्र भनिन्छ । यो बिषयमा सूचना अधिकारीसँग जिज्ञासा राख्दा उनी भन्छन्, ‘सिस्टममा काम हुन्छ सिस्टमले काम गर्ने हो मैले गर्ने होइन ।’

 

म निराश नै भए, एकजना कर्मचारीसँग म कम्पनी रजिस्टर कार्यालयमा गए र मसँग गएका अर्का कानुन व्यवसायीले कुरा गर्नुभयो त्यी कर्मचारीले खुलेआम पैसाको बार्गेनिङसम्म गरे। उनले भने, ‘२५ हजार रुपैयाँ दिनुहुन्छ भने काम तुरुन्त हुन्छ ।’

civil hospital
Hams Hospitals