सुनको मूल्य ह्वात्तै घट्यो, हेर्नुहोस् कति पुग्यो आज

1.5K
shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५९ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८९ रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals