पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी, यस्तो छ कारण

29
shares
Nabil bank

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बानियाँलाई पक्राउ गर्न पूर्जी जारी गरेको हो।

सीआईबीका एक अधिकारीका अनुसार प्रभु बैंकबाट लिएको ठूलो परिमाणको ऋण दुरुपयोग गरेको आरोपमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो। यसै प्रकरणमा उनका छोरा दीक्षान्त बानियाँसमेत अहिले सीआईबीको हिरासतमा छन्। उनलाई गत कात्तिक १६ गते पक्राउ गरिएको थियो।

प्रारम्भिक विवरणअनुसार बानियाँ परिवारले प्रभु बैंकबाट करिब ३४ करोड रुपैयाँ ऋण लिएको र उक्त रकम स्वीकृत प्रयोजनभन्दा बाहिर खर्च गरेको आरोप छ। ऋणको रकम कहाँ र कसरी प्रयोग भयो भन्ने विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

बैंकबाट लिएको करोडौँ रुपैयाँ ऋणको प्रयोजन, त्यसको वास्तविक उपयोग र सम्भावित बैंकिङ कसुरबारे अनुसन्धान अघि बढेसँगै पूर्वमुख्यमन्त्री बानियाँसमेत प्रहरीको अनुसन्धानको दायरामा तानिएका छन्।

बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै अब प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रक्रिया अघि बढाउनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x