सिङिङ्ग सुपरस्टार सिजन २ : नयाँ उचाइमा नेपाली गायन

3.3K
shares

 

काठमाडौं।नेपाली संगीतको उन्नयन र नयाँ प्रतिभाहरुको खोजको लागि सिङिङ्ग सुपरस्टार सिजन २ को घोषणा गरेका छौं ।  पहिलो सिजनको अपार सफलताले प्रेरित हुँदै , यस सिजनलाई अझ व्यापक, प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउन हामीले  थप र अथक प्रयास गरेका छौं ।

 

 

पहिलो सिजनको सफलता

 

 

सिङिङ्ग सुपरस्टार सिजन १ ले नेपाली सांगीतिक इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको थियो। नवप्रतिभाहरुको खोज, तिनको उत्कृष्ट प्रस्तुति र दर्शकहरुको अपार माया तथा समर्थनले यो कार्यक्रमलाई सफल बनायो। उक्त सिजनका बिजेता राजेश राई तथा टप टेनमा पर्न सफल प्रतिस्पर्धी लगायतका प्रतिस्पर्धीहरु आजका दिनमा आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै देश विदेशमा लोकप्रिय, सफल तथा व्यस्त छन् ।

यही उत्साह र जोशलाई निरन्तरता दिँदै, सिजन २ मा पनि देश र विदेशका प्रतिभाहरुले आफ्नो गायन क्षमतालाई प्रस्तुत गर्ने अवसर पाउनेछन्।

 

 

निर्णायक मण्डलको विशिष्टता

यस सिजनमा, नेपाली संगीत उद्योगका ख्यातिप्राप्त र सम्मानित तीन हस्तीहरु निर्णायक मण्डलको रुपमा रहेका छन्:

सञ्जय श्रेष्ठ: नेपाली पप संगीतको एक अग्रणी पात्र, गायक तथा संगीतकार।

हरिश माथेमा: अनुभवी संगीतकार र गायक, नेपाली आधुनिक तथा पप संगीतका सशक्त प्रतिनिधि।

विवेक श्रेष्ठ: युवा पुस्ताका लागि प्रेरणादायी गायक तथा संगीतकार ।

यसका साथै, हरेक हप्ता एक जना अतिथि निर्णायक पनि रहनेछन्, जसले प्रतिस्पर्धामा विविधता र थप मूल्याङ्कनको दृष्टिकोण प्रदान गर्नेछन्।

कार्यक्रम निर्देशक : पहिलो सिजनको पनि निर्देशन गरिसकेका रवि श्रेष्ठले यस भन्दा अगाडि नै मुन्द्रेको कमेडी क्लब, नेपाल स्टार जस्ता सफल रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् । यस बाहेक बिगत तीस वर्ष देखि श्रेष्ठ नेपाली बिज्ञापन क्षेत्रमा एक कृएटिभ प्रोड्युसर र डाइरेक्टरको रुपमा अनवरत सेवारत छन् ।

नेपाल भारतको सांस्कृतिक साझेदारी

सिङिङ्ग सुपरस्टार सिजन २ ले नेपाली मात्र नभई भारतीय प्रतिस्पर्धीहरुलाई पनि स्वागत गर्दै दुई देशबीचको सांगीतिक सेतु बन्ने प्रयास गरेको छ।

यसले संगीतलाई सिमानामुक्त पार्दै आपसी सद्भाव र सांस्कृतिक आदानप्रदानको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेछ।

अडिसन प्रक्रिया प्रारम्भिक छनोट

सिजन २ मा प्रतिस्पर्धा प्रारम्भ डिजिटल अडिसनबाट गरिएको थियो।

देश-विदेशबाट अनलाइन आवेदन संकलन गरियो, जसमा हजारौं प्रतिभाहरुले आफ्नो गायन कला प्रस्तुत गरे।

डिजिटल अडिसनको गहन मूल्याङ्कन पछि, फिजिकल अडिसनको चरण सुरु गरियो, जसमा उत्कृष्ट ४० प्रतिस्पर्धी छनोट गरिएका छन्।

फिजिकल अडिसनको प्रसारण चाँडै नै टेलिभिजन डिजिटल मञ्चमा हुनेछ।

ग्रान्ड प्रीमियर भोटिङ राउन्ड

फिजिकल अडिसन सम्पन्न भएपछि, सिङिङ्ग सुपरस्टार सिजन २ को ग्रान्ड प्रीमियर आयोजना गरिनेछ।

ग्रान्ड प्रीमियर पश्चात्, प्रतिस्पर्धीहरु निर्णायक मण्डलको मात्र नभई दर्शकहरुको पनि समर्थनका लागि प्रस्तुत हुनेछन, किनकि ऊनीहरुको प्रस्तुतिको दर्शकिय मुल्यांकनका लागि भोटिङ  राउन्ड सुरु हुनेछ।

दर्शकहरुले आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई डिजिटल माध्यमबाट भोट गरेर समर्थन गर्न सक्नेछन्।

यसले न केवल प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउँनेछ, बरु दर्शकहरुको प्रत्यक्ष सहभागिता पनि सुनिश्चित गर्नेछ।

संगीत सपना एकसाथ

सिङिङ्ग सुपरस्टार सिजन २ ले नेपाली र भारतीय प्रतिभाहरुलाई समान अवसर प्रदान गर्दै सांगीतिक प्रतिस्पर्धालाई अझ वृहत् बनाउने लक्ष्य लिएको छ।

प्रतिभाशाली गायकहरुले आफ्नो सांगीतिक यात्रा सुरु गर्ने यो महत्वपूर्ण मञ्चमा सबै संगीतप्रेमीहरुको साथ र समर्थनको अपेक्षा गरिएको छ।

 

civil hospital
Hams Hospitals