गोपाल पोख्रेल राज्य प्रशासन विभागको सदस्यमा मनोनीत

1.5K
shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०७५ (संशोधनसहित) को धारा २५ (९) बमोजिम राज्य प्रशासन विभागको सदस्यमा विभिन्न व्यक्तिहरूलाई मनोनीत गरेका छन्। यस क्रममा नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान केन्द्रीय अध्यक्ष आदरणीय गोपालप्रसाद पोख्रेल पनि मनोनीत हुनुभएको छ।

 

उहाँको नाम नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। सुनसरी जिल्ला निवासी पोख्रेल विगतदेखि नै कर्मचारी हितका लागि क्रियाशील रहँदै आउनुभएको छ। उहाँको यो मनोनयनले निजामती कर्मचारीको आवाज पार्टीमा अझ प्रभावकारी ढंगले पुग्ने विश्वास गरिएको छ।

नेपाल निजामती कर्मचारी युनियनका नेतृत्वमा रहँदा उहाँले कर्मचारी हितमा उल्लेखनीय योगदान दिनुभएको थियो। उहाँको नयाँ जिम्मेवारीप्रति शुभकामना व्यक्त गर्दै धेरैले उहाँको अनुभव र प्रतिबद्धता राज्य प्रशासन विभागमा फलदायी हुने अपेक्षा गरेका छन्।

civil hospital
Hams Hospitals