भिजिट भिसामा बदमासी शृङ्खला,थप ६ कर्मचारी तानिए

23K
shares
Nabil bank

 

काठमाडौं। गृह मन्त्रालयले भिजिट भिसामा बदमासी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप ६ जना अध्यागमन कर्मचारीलाई सरुवा गरेको छ। यसअघि ९ जना कर्मचारीलाई सरुवा गरिसकेको मन्त्रालयले यसपटक नायब सुब्बा पदमा रहेका कर्मचारीहरूलाई विभिन्न जिल्ला प्रशासन कार्यालयमा पठाएको हो।

 

सरुवा गरिएका कर्मचारीहरूमा शुभ राज श्रेष्ठ, दत्त लामा, गोविन्द प्रसाद अधिकारी, तेज राज गौतम, सुवास के.सी. र कुबेरप्रसाद दाहाल रहेका छन्। उनीहरू सबै नायब सुब्बा पदमा अध्यागमन विभाग वा अन्तर्गत कार्यरत थिए र अब उनीहरूलाई क्रमशः जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक; जाजरकोट; गोरखा; दार्चुला; रुकुम पश्चिम; र धनकुटामा सरुवा गरिएको छ।

 

यस घटनासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरुवा भएका प्रमुखसहितका कर्मचारीहरूको मोबाइल जफत गरी अनुसन्धान गरिरहेको छ। भिजिट भिसामा भइरहेको अनियमिततालाई नियन्त्रण गर्ने प्रयास स्वरूप यो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवा सम्म!

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x