सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ जेठ १२ सोमवार
1.1K
shares
shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।


























