प्रदेश सरुवा नभई सचिव बन्ने लाइनमा ‘पावरफूल’ सहसचिवहरु 

70.9K
shares
Nabil bank

काठमाडौँ । देश सङ्घीय संरचनामा छ । कर्मचारीलाई पनि सङ्घीय संरचना अनुसार काम गर्ने नियमावली बनाइएको छ । सङ्घ अन्तर्गतका कर्मचारी पनि प्रदेश र स्थानीय तहमा जाने नियम हुन्छ ।

 

अझ सुगममा बसेका कर्मचारी दुर्गममा जानै पर्ने नियम पनि छ । तर, यस्ता केही सहसचिवस्तरकै कर्मचारी छन्, जो प्रदेशमा नगई सचिव हुने लाइनमा  छन् । आर्थिकदेखि राजनीतिक पहुँच पनि बनाएका ती उपसचिवहरूलाई अहिले ‘पावरफूल’ भन्ने गरिएको छ । हुनत अहिले सचिव भएका अधिकांश सहसचिवहरू कुनै न कुनै प्रदेशमा सेवा गरेर आएका छन् । त्यसोत सचिव भएपछि पनि प्रदेश गएका धेरै छन् ।

 

अहिले  सचिव हुने लाइनमा रहेका कतिपय सहसचिवहरू प्रदेश गएकै छैनन् । उनीहरूको व्यक्तिगत सूचना प्रणालीको अभिलेख हेर्दा प्रदेशमा गएको देखिदैन । सुगममा मात्र बसेर मस्ती मारिरहेको देखिन्छ ।  यी मध्येका सञ्जीव कुमार कर्ण खाद्य प्रविधि विभागका प्रमुख  छन् । उनी सचिव हुने लाइनमा पुगिसकेका  छन् तर, उनी अहिलेसम्म प्रदेश गएका छैनन् । त्यसैगरी अर्की सहसचिव गिताकुमारी हुमागाईँ पनि सचिव हुने लाइनमा पुगेकी छिन् ।

 

उनको सूचना प्रणालीमा हेर्दा अहिलेसम्म पनि प्रदेशमा गएर सेवा गरेको अभिलेख देखिदैन । लोकसेवामा काम गरिरहेकी उनलाई प्रदेश पठाउन नखोजिएको होइन तर, उनको पहुँच र प्रभावका अगाडि सरुवा गर्ने निकाय पनि नतमस्तक बनेको छ ।

 

 

यस अघि पनि यो समस्या आएको थियो । तर, पेलाहा सहसचिवले कर्मचारी सङ्गठनदेखि राजनीति पहुँचसम्म प्रयोग गरेका थिए । अनुभवहीन कर्मचारीका कारण कार्य सञ्चालनमै कठिनाइ आएको र गति लिन नसकेको प्रदेश सरकारको गुनासोपछि वरिष्ठहरूलाई खटाउने सरकारी निर्णयको चौतर्फी प्रशंसा भए पनि घुमिफिरी राजधानीमै केन्द्रित हुन खोज्ने सहसचिवहरूलाई भने यसले निकै पिरोलेको छ ।

 

सुविधासम्पन्न ठाउँमा बसेका महानिर्देशकहरू नै प्रदेश जान भाँजो हालेको घटना पनि छन् । राजनीतिक र आर्थिक रूपबाट पहुँच स्थापित गरेका कतिपय वरिष्ठ सहसचिवहरू अझै पनि निर्णय परिवर्तन गराएरै काठमाडौँ बसेका छन् ।

 

प्रदेश सरुवा नभई सचिव बन्ने लाइनमा ‘पावरफूल’ सहसचिवहरु :

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x