भ्रष्टाचार मुद्दा दायरसँगै माधव नेपालको सांसद पद निलम्बनमा

32.1K
shares
Nabil bank

 

 

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जलीको नाममा रहेको हदबन्दी छुटको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उहाँको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवक पदमा बसेका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएमा अदालतको निर्णय नआएसम्म स्वतः पद निलम्बनमा रहने कानुनी व्यवस्था छ।

मुद्दा अनुसार, प्रधानमन्त्री रहेका बेला २०६६ सालमा माधवकुमार नेपालको नेतृत्वमा मन्त्रिपरिषदले काभ्रेको जग्गा हदबन्दी छुटमा पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएको थियो। तर, पछि कानुनविपरीत बढी क्षेत्रफलको जग्गा बिक्री भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।

यस प्रकरणमा अख्तियारले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दामा संलग्न अन्य व्यक्तिहरूमा पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त लगायत छन्।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x