राष्ट्रिय बीमा कम्पनी ध्वस्त पार्न सकृय व्यवस्थापन र सञ्चालक 

दलालको आयोजनामा अवैधरुपमा दुबई भ्रमण गर्ने कम्पनी सचिव 

35.1K
shares
Nabil bank

 

काठमाडौँ । सामान्य कर्मचारी जान पर्ने तालिममा प्रमुख कार्यकारी र अर्थमन्त्रालयका उपसचिव तथा बोर्ड सदस्य बेलायत उडेपछि विवादमा तानिएको राष्ट्रिय बीमा कम्पनी पुनः अर्को विवादमा तानिएको छ । बिभिन्न निकायको प्रतिनिधित्व रहेर सञ्चालन हुने कम्पनीमा केही व्यक्तिको हालिमुहाली भएपछि विवाद बढेको हो । भर्खरै मात्र विवादास्पद भ्रमणमा बेलायत पुगेका प्रमुख कार्यकारी अधिकृत शिवहरि श्रेष्ठ र सञ्चालक अर्थ मन्त्रालयका विवादास्पद उपसचिव बोलराज आचार्यका कारण कम्पनीको साख गिरेको थियो । त्यसबाहेक अर्को विदेश भ्रमणले कम्पनीमा अवैध कामको खुलासा गरिदिएको छ । कम्पनीमा प्रमुख प्रबन्धक तथा कम्पनी सचिवको रुपमा रहेकी सृजना पन्तको कामले ठूलो लफडा परेको स्रोतले जानकारी दियो।

 

काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजू देउवाको नाम बेचेर पन्तले कम्पनीमा मस्ती मारिरहेको बताइन्छ  ।

 

कार्यालयमा बिरामी बिदा भरेर दुबईको भ्रमणमा पुगेकी पन्तलाई कार्यालयकै कर्मचारीले पनि विश्वास नगर्ने वातावरण तयार भएको छ । उनले बिरामी बिदाको फारम भरेको बेला कार्यालयले शङ्का लागेर फोन गर्दा कानुनको परीक्षा भएको बताएकी थिइन । तर, त्यसवेला उनी परिवारसहित दुबई भ्रमणमा रहेको खुलेको छ । कार्यालयको शङ्का त्यतिबेला पुष्टि भयो जव उनले सोही समयको नेपाल एयरलाइन्सको टिकट कार्यालयमा पेश गरिन् । बिरामी बिदा लिएको बेलाको हवाईजहाजको टिकट पेश गरेपछि लफडा भएको थियो । सोही विषयलाई ढाकछोप गर्न पन्तले काँग्रेस सभापति र परराष्ट्र मन्त्रीको सोर्स लगाएर सामान्य कर्मचारीका लागि आमन्त्रण भएको बेलायत तालिममा प्रमुख कार्यकारी र सञ्चालक सदस्यलाई पठाएको बताइन्छ । कार्यकारी अधिकृत श्रेष्ठ पन्तको बिल भर्पाई र टिकटमा तोक लगाएर बिदा स्वीकृत गर्ने पदाधिकारी हुन भने अर्का सञ्चालक अर्थमन्त्रालयका उपसचिव हुन् । दुवैलाई खुशी पारेर आफ्नो गैरकानुनी कार्य ढाकछोप गर्न पन्त सफल भएकी छिन् ।

 

त्यसोत बिभिन्न एयरलाइन्सहरूबाट पाउने टिकट छुटमा पनि पन्त आफैले मस्ती गरिरहेको आरोप छ । उनी सोर्सफोर्सकै भरमा  उपकार्यकारी अधिकृत बन्न अनेक बल गरिरहेकी छिन् । उनी अवैध रुपमा विदेश मस्ती गर्न पनि विवादास्पद कम्पनीको सहायतामा गएको खुलेको छ । कम्पनीको लिड रिइन्सोरेन्स ब्रोकर प्रोटेक्सन रिईन्सोरेन्स लगायत अन्य पुनर्बीमा दलाल कम्पनीको खर्चमा गएको खुलासा भएको छ ।

कम्पनी सचिव पन्त दुबईमा वल्र्ड इन्सुरेन्स एण्ड रिईन्सुरेन्स कंग्रेसमा  भाग लिन गएको बुझिएको छ ।  स्रोतकाअनुसार कार्यक्रम तीन दिनको रहेको थियो । तर, भ्रमण आठ दिनसम्म चलेको थियो । पहिले पनि दलालले आयोजना गरेका थाइल्यान्ड, सिङ्गापुर लगायत देशमा यसैगरी विना जानकारी विवादास्पद र शङ्कास्पद रुपमा भ्रमण गरेको पन्तलाई आरोप छ ।

 

पदीय, पेशागतसँगै कर्मचारी विनियमावलीको व्यवस्था उलंघन र न्युनतम आचरण समेत पालना नगरेको पन्तलाई कम्पनीले आरोप लगाएको छ ।

 

त्यसको साथै विभागीय नेतृत्वमा रहँदा पनि माथिल्लो तामाकोसी,भेरी बबई जस्ता ठूला÷साना आयोजनाका पुनर्बीमा व्यवस्थापन गर्दा कम्पनीलाई अर्ब रुपैयाँ माथिको घाटा हुने गरि काम गरेको पनि उनीमाथि आरोप छ ।

 

प्रमुख कार्यकारी अधिकृतलाई पनि धम्क्याउने पन्तले सञ्चालक समितिले गर्ने कार्य सम्पादन मुल्यांकनमा फेल गराइदिउँला नि भनेको सुन्ने कम्पनीका धेरै कर्मचारी छन् । जवकि कम्पनी सचिवको भूमिका बोर्ड बैठक सञ्चालनमा सहजिकरण गर्ने मात्रै हो ।

कम्पनीको कर्मचारी विनियमावली २०७४ दफा ८६ अनुसार झुटा विवरण देखाई बिदा लिएमा वा विदेश गएमा तलव बृद्धि रोक्ने वा तीन बर्ष बढुवा रोक्ने व्यवस्था नियमावलीमा रहेको छ । बिदा स्वीकृत नगराई अनुपस्थित हुन नपाईने पनि व्यवस्था रहेको छ । यसो गरेमा अनुशासनहीन काम गरेको बुझिने छ । यति धेरै अवैध काम हुँदा पनि पन्तको बारेमा कुनै प्रतिकृया नजनाउनुलाई यसमा सञ्चालक समुह पनि मतियार भएको शङ्का गरिएको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

कापीको पानामा निवेदन लेखेर बीमा कम्पनीका मान्छे बेलायत भ्रमणमा 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x