कापीको पानामा निवेदन लेखेर बीमा कम्पनीका मान्छे बेलायत भ्रमणमा 

38.2K
shares
Nabil bank

काठमाडौँ । नियम विपरित बिदेश भ्रमणमा रहेका बीमा कम्पनीका कार्यकारी अधिकृत र सदस्यले कापीको पानामा निवेदन लेखेरै
सार्वजनिक संस्थाका पदाधिकारीहरू तथा कर्मचारीहरूलाई संस्थानको खर्चमा वैदेशिक भ्रमण जान र आर्थिक दायित्व बढ्ने गरी सेवा सुविधा बढाउन रोक लगाएको छ । तर, उनै मातहतका एक कर्मचारी  अर्का एक पदाधिकारी च्यापेर फुत्तै विदेश उडे ।

 

त्यो पनि आइतवारको टिकट अगाडि सारेर उनीहरु कुलेलाम ठोकेपछि सिंहदरवारको अर्थमन्त्रालयकै आसपासमा उनीहरूको बारेमा खुबै चर्चा चलेको छ । अर्थमन्त्रालयकै एक उपसचिव बजेट घोषणा विपरित सामान्य कर्मचारी जानु पर्ने कार्यक्रममा विदेश उडेपछि उनी निक्कै शक्तिशाली भएको हुन सक्ने सबैले आँकलन गरेका छन् ।  अर्थमन्त्रीले बजेट भाषण गरेकै भोलिपल्ट उनीहरू बेलायत जानुले यसलाई  शङ्काको रुपमा हेरिएको छ ।

 

यसरी मन्त्रीलाई चुनौती दिँदै बेलायत पुग्ने उपसचिव हुन्, अर्थमन्त्रालयका बोलराज आचार्य । आचार्य भने कर अधिकृत हुँदा अकुत सम्पत्ति आर्जनमा अनुसन्धानमा परेका कर्मचारी हुन् । उनको आर्थिक अवस्थाका बारेमा अहिले पनि उनका आफन्तहरू छक्क पर्ने गर्छन् । तर, उनले पैसा र पहुँचकै भरमा स्रोत नखुलेको सम्पत्ति आर्जन अनुसन्धानपश्चात् तामेलीमा राख्न सकेको उनका समकक्षीहरू बताउँछन् ।

 

 

उनी बीमा कम्पनी लिमिटेडमा मन्त्रालय बाट बोर्ड डाइरेक्टर छन् ।  त्यसोत उनीसँग राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शिवहरि श्रेष्ठ पनि छन् ।   बेलायतमा भएको रिइन्सुरेन्सको कार्यक्रममा जाने भनेर उनीहरूले भ्रमण स्वीकृत गराएका छन् । यो कार्यक्रम सामान्य कर्मचारीहरूका लागि तालिम हो । तर, सरकारी खर्च दोहन गर्दै विधि र नीतिलाई धोती लाएर उनीहरु अहिले बेलायतमा कस्ती मारिरहेका छन् ।

 

स्रोतका अनुसार उनीहरूको टिकट आइतबारका लागि थियो र तर, बजेट भाषणमा विदेश भ्रमणको रोकावट हुने उल्लेख भएपछि समस्या पर्ला भनेर उनीहरुले टिकट शुक्रबारका लागि सारेर उडेका हुन् । उनीहरूको भ्रमणमा  पुनर्बिमा कम्पनीको तालिममा जाने उल्लेख छ । तर, यस्तो तालिमको उनीहरूको आवश्यकता नै हुन्न ।

 

 

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवहरि श्रेष्ठले २०८१ वैशाख १४ गते नियुक्ति पाएका थिए । उनी अहिले ६७ वर्षका भए ।
बीमा कम्पनीको अवस्था निकै नाजुक अवस्थामा पुगेको देखिन्छ । यस्तो हुनुमा राजनीतिक नियुक्तिले र कर्मचारीको कारणले गर्दा बीमा कम्पनी निकै नाजुक अवस्थामा पुगिको हो ।

 

 

बीमा कम्पनीमा राजनीतिक नियुक्ति भएका कर्मचारीहरूले कामभन्दा पनि बढी राजनीतिक गरेको पाइन्छ ।  यस्ता कर्मचारीहरूले काम गर्ने कर्मचारीहरूलाई पनि बिथोल्ने र काम गर्न नदिने गरेको पाइएको छ ।

 

 

कार्यकारी बेलायतको कार्यक्रममा  जाँदाखेरि आफूले  बस्ने होटल र कोठा नपाएपछि त्यहाँको ब्रोकरलाई बिन्ती भाउ गरेर कोठा खोज्दै भन्दै बोलराज आचार्य र श्रेष्ठ सडकमा भौतारिँदै हिँडेको समेत पाइएको छ । कार्यकारी श्रेष्ठलाई संस्थान तथा व्यापार व्यापारी कार्यालयमा ५० अर्ब घोटाला गरेको समेत मुद्दा परेको थियो ।

 

 

श्रेष्ठ माओवादी निकट वर्षमान पुनका मान्छे हुन् । उनी अहिले बेलायतमा मस्ती गरिरहेका छन् ।  उनले बेलायत भ्रमणमा जाँदा कापीको पन्नामा जानकारी गराएका थिए । उनले पठाएको पत्रमा भ्रमण कति दिन भन्ने समेत छैन । अहिले बीमा कम्पनीमा  कार्यकारी अधिकृत नै छैनन । यस अर्थमन्त्रालयले समेत कुनै कदम नचालेको पाइएको देखिन्छ ।

 

बेलायतको  कार्यक्रम कति  दिनको हो र कहिले फर्कने समेत कुनै अत्तोपत्तो छैन । बीमा कम्पनीको यस्तो व्यवहार र  अवस्था देखेर बीमा कम्पनीलाई साँच्चिकै एउटा दक्ष कार्यकारी र कर्मचारीको आवश्यक परेको देखिन्छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

अर्थमन्त्रीकै निर्देशन चुनौती दिँदै अर्थका उपसचिव र बीमाका कार्यकारी अधिकृत बेलायतको मस्तीमा

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x