वाणिज्य बैंकहरूको नाफा १.६७ प्रतिशतले घट्यो, कुन बैंकले कति कमायो ?

1.4K
shares

काठमाडौं।चालु आर्थिक वर्षको १० महिनासम्म वाणिज्य बैंकहरूको औसत नाफा १.६७ प्रतिशतले घटेको छ। आर्थिक मन्दीका कारण ऋण असुलीमा आएको अवरोध, खराब कर्जाको वृद्धि र त्यसबाट भएको कर्जा नोक्सानीले बैंकहरूको नाफामा प्रतिकूल असर परेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म वाणिज्य बैंकहरूले कूल ४७ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको ४८ अर्ब ६० करोड नाफाको तुलनामा कम हो।

१० वाणिज्य बैंकको नाफा खुम्चियो, १० को नाफा बढ्यो

यस अवधिमा १० वटा वाणिज्य बैंकको नाफा घटेको छ भने १० वटाको नाफा बढेको छ। सबैभन्दा धेरै नाफा घट्ने बैंकको सूचीमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ, जसको नाफा ७७.८७ प्रतिशतले घटेर २ अर्ब १६ करोड ३२ लाख रुपैयाँबाट घट्दै ४७ करोड ८७ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, हिमालयन बैंकको नाफा ६९.३४ प्रतिशतले घटेको छ भने कुमारी बैंकको नाफा ६६.२८ प्रतिशतले खुम्चिएको छ।

नेपाल बैंकको नाफा चारगुणाभन्दा बढी वृद्धि

नाफा वृद्धि गर्ने बैंकहरूमा सबैभन्दा उल्लेखनीय प्रदर्शन नेपाल बैंकले गरेको छ। बैंकले गत वर्षको वैशाखसम्मको ५९ करोड रुपैयाँ नाफालाई यस वर्ष ३२ अर्ब ८८ करोड रुपैयाँमा पु-याएको छ, जुन ४५७.१२ प्रतिशतको वृद्धि हो।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३.१४ प्रतिशत, एभरेष्ट बैंकले ३०.९७ प्रतिशत र ग्लोबल आइएमई बैंकले २९.८९ प्रतिशत नाफा बढाएका छन्।

बैंकहरूको नाफा स्थिति (२०८१/८२ वैशाखसम्म)

 

बैंक २०८१/८२ नाफा (रु. करोड) २०८०/८१ नाफा (रु. करोड) फरक (%)
नेपाल बैंक ३२८.८७ ५९.०३ +४५७.१२%
राष्ट्रिय वाणिज्य १७७०.४३ २५६३.२१ −३०.९३%
नबिल बैंक ५६०३.९१ ५४६२.५७ +२.५९%
इन्भेष्टमेन्ट मेगा बैंक ५०२०.८३ ३७७१.०३ +३३.१४%
स्टान्डर्ड चार्टर्ड बैंक २३४६.४२ २६६५.८६ −११.९८%
हिमालयन बैंक ६८३.४४ २२२८.९८ −६९.३४%
नेपाल एसबिआई बैंक १३८२.०७ १४२२.९५ −२.८७%
एभरेष्ट बैंक ३९०३.३० २९८०.३५ +३०.९७%
एनआइसी एशिया बैंक ४७८.७० २१६३.२४ −७७.८७%
माछापुच्छ्रे बैंक १३१३.५३ ११०६.२२ +१८.७४%
कुमारी बैंक ४८१.९४ १४२९.२० −६६.२८%
लक्ष्मी सनराइज बैंक २१५६.५४ १९५६.९६ +१०.२०%
सिद्धार्थ बैंक २०११.१६ १९७७.७२ +१.६९%
कृषि विकास बैंक १७३३.८० २६९७.८१ −३५.७३%
ग्लोबल आइएमई बैंक ५३५५.४१ ४१२२.९९ +२९.८९%
सिटिजन्स बैंक ११८१.५१ १५०३.२३ −२१.४०%
प्राइम बैंक २५८५.५९ ३२२५.७५ −१९.८५%
एनएमबि बैंक २६२५.४९ २४८७.३१ +५.५६%
प्रभु बैंक २००१.४० २५०४.६२ −२०.०९%
सानिमा बैंक १८७०.५० १७४६.४४ +७.१०%

जम्मा नाफा:

  • २०८१/८२ वैशाखसम्म: ४७ अर्ब ७९ करोड

  • २०८०/८१ वैशाखसम्म: ४८ अर्ब ६० करोड

  • फरक: −१.६७%

 ऋण असुली प्रभावित, खराब कर्जा वृद्धि

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा असल कर्जाको लागि कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतमा झारेपनि, आर्थिक मन्दी, स्थिर लगानी, तथा कमजोर ऋण असुली प्रक्रियाका कारण बैंकहरूको नाफा घटेको विज्ञहरूको भनाइ छ।

 बैंकहरूले जोखिमयुक्त लगानी घटाएर दिगो वित्तीय अभ्यासमा जोड नदिए, आउँदा दिनहरूमा अझ गम्भीर परिणाम आउन सक्ने देखिन्छ। बचतकर्ताको विश्वास कायम राख्न बैंकहरूले पारदर्शिता, सहि मूल्यांकन र विवेकपूर्ण लगानी नीति अपनाउनु जरुरी छ।

civil hospital
Hams Hospitals