अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा, एसियाली बजारमा गिरावट

19.2K
shares
Nabil bank

काठमाडौं।मध्यपूर्वमा पुनः चर्किएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा असर देखिन थालेको छ। अमेरिकी र इजरायली सेनाले इरानका आणविक स्थलहरूमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको छ।

विशेषगरी इरानमाथि गरिएको आक्रमणको असरले कच्चा तेलको मूल्य पाँच महिनायता सर्वाधिक बिन्दुमा पुगेको छ। ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड पनि २.८ प्रतिशतले उकालो लाग्दै ७५.९८ डलरमा कारोबार भइरहेको छ।

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ। त्यसको झन्डै आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतमा खर्च गरिन्छ। विश्लेषकहरूका अनुसार यदि इरानले स्ट्रेट अफ होरमुजमार्फत प्रतिकार गर्दै नाकाबन्दी गर्ने निर्णय लियो भने, यो विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का हुनसक्ने देखिन्छ।

यस्तै, बजारमा उत्पन्न अन्योलले एसियाली सेयर बजारहरूमा पनि गिरावट निम्त्याएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ भने सियोल १.४ प्रतिशत र सिड्नी ०.७ प्रतिशतले घटेका छन्। जापान बाहेकको एशिया–प्रशान्त क्षेत्रको एमएससीआई इन्डेक्स पनि ०.५ प्रतिशतले तल झरेको छ।

यद्यपि अमेरिकी बजारले भने हालसम्म केही स्थिरता देखाएको छ। विश्लेषकहरूका अनुसार आगामी दिनमा अमेरिकी नीति, इरानको प्रतिक्रिया र ओपेक राष्ट्रहरूको निर्णयले बजारको दिशा तय गर्नेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x