नेपाल यू–१६ टिम दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै
वि.सं.२०८२ असार १० मंगलवार
14.4K
shares
shares
काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानविरुद्ध बलिङ गर्दैछ ।
खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले पराजित गरेको थियो ।
यू–१६ इस्ट जोन कपमा नेपालसहित कुल १० राष्ट्रको सहभागिता रहेको छ । नेपालले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुरमाथि विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा पनि नेपालको प्रदर्शनप्रति उच्च अपेक्षा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली यू–१६ टोलीले मलेसियामा जारी प्रतियोगितामा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको छ ।
Subscribe
0 Comments
Oldest
































