पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

14.2K
shares
Nabil bank

काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि तीनजना न्यायाधीशहरूको संयुक्त इजलासले यस्तो निर्णय सुनाएको हो।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका प्रवक्ताले जानकारी दिए।

नेपालको पक्षमा पाँचजना वरिष्ठ कानुन व्यवसायीहरूले बहस गरेका थिए। पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता खम्बबहादुर खाती, गोविन्द बन्दीलगायतले नेपाललाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए। तर सरकारी पक्षले भने उनलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गर्दै बहस गरेको थियो।

पूर्वप्रधानमन्त्री नेपालको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो। बुधबार नै उक्त मुद्दामा बयान तथा थुनछेक बहस सम्पन्न भएको थियो।

अदालतको आदेशसँगै नेपाललाई धरौटीमा रिहा गर्ने बाटो खुलेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x