दश खेलाडीमा सिमित नेपाल अस्ट्रेलियासँग पराजित

11.1K
shares
Nabil bank

काठमाडौँ।फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकाे छ।

शुक्रबार कुवेतस्थित जावेर अल एहमद अन्तराष्ट्रिय रंगशालामा सम्पन्न अष्ट्रेलियाबिरुद्ध दोश्रो चरणको खेलमा दश खेलाडीमा सिमित बनेको नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा अष्ट्रेलियाका मार्टिन बोएलमाथि फाउल गरेपछि नेपालका रोहित चन्द रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे।

यस्तै खेलको ३८औं मिनटमा कप्तान म्याथ्यु लेकिकले खेलकाे ५७औै मिनटमा ज्याक्सन इर्भाइनको पासमा बोएलले गोल गर्दै अष्ट्रेलियालाई ३–० गोल अन्तरको जित दिलाए ।

जितसँगै अष्ट्रेलिया एक खेल अगावै विश्वकप र एशियन कपको नजिक पुगेकाे छ। समूह बी को शिर्षमा रहेको अष्ट्रेलियाको सात खेलपछि २१ अंक छ ।

हारसँग नेपालले ८ खेलमा जम्मा ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा रह्याे। तर नेपाल सबै समूहका शिर्ष चारमा रहेकाहरुको उत्कृष्ट चारको दौडमा नरहेकोले नेपालको एशियन कपको खेल्ने सम्भावना प्ले अफमा निर्भर रहनेछ ।

यसअघि सन् २०१९ को अक्टोबरमा अष्ट्रेलियाको घरमा भएको खेलमा नेपाल ५–० गोल अन्तरले हार्न पुगेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x