“माया गॅासेसी”: मौलिकताको स्पर्शसहितको प्रेमील लोकगीत सार्वजनिक

37.7K
shares
Nabil bank

 

काठमाडौं । नेपाली लोकसंगीतमा मौलिक स्वाद थप्ने उद्देश्यले तयार पारिएको नयाँ प्रेमील लोकगीत “माया गॅासेसी” सार्वजनिक गरिएको छ। गीतमा नेपाली लोकजीवनको संवेदना र संस्कृति झल्काउने प्रयास गरिएको छ।

गीतका सर्जक तथा गायक प्रितम श्रेष्ठले लेखन, संगीत र स्वरमार्फत गीतलाई आत्मीय बनाएका छन् भने गायिका समिक्ष्या अधिकारीले स्वरमा मिठास भरिदिएकी छिन्। लोक मौलिकतालाई जोगाउँदै निर्माण गरिएको यस गीतमा गाउँघरको जीवनशैली र प्रेमभावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीतलाई याम थापा मगरले एरेन्ज गरेका छन्, बिनोद परियारको मिक्स-मास्टरिङ्गमा ओजन स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियो पक्षलाई जीवन्त बनाउन प्रवीण थापाको कोरियोग्राफी तथा निर्देशन, राजेश घिमिरेको छायांकन, र अमृत चापागाईंको सम्पादनले विशेष योगदान दिएका छन्। भिडियोमा दीपिका थापा र मुकुन्द भट्टको अभिनय देख्न सकिन्छ। मुकुन्द भट्टले यस गीतमा मोडलको रूपमा आफ्नो अभिनय यात्रा सुरु गरेका छन्।

“माया गॅासेसी” गीत टिमको कडा मेहनत र लगावको फल हो। सर्जक तथा टिमले दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया र माया पाउने विश्वास व्यक्त गरेका छन्। गीतले लोकसंगीतमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

 

भिडियो पनि हेर्नुहोस्:

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x