पहिलाे कप्तानीमै साम्बाले गरिन् ह्याट्रिक गाेल

17.7K
shares
Nabil bank

काठमाडौं ।एएफसी महिला एसियन कप छनोटअन्तर्गत भएको पहिलो खेलमा नेपालले लाओसविरुद्ध शानदार जित हासिल गरेको छ। खेलमा नेपाली टिमकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गर्दै कप्तानको रूपमा डेब्यु खेलमै चम्किलो प्रदर्शन गरेकी छन्।

साम्बाले खेलको ४४औं र ५५औं मिनेटमा दुई गोल गरेकी थिइन् भने तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन्। उनको ह्याट्रिकसँगै नेपालले लाओसविरुद्ध ६ गोलको स्पष्ट अग्रता लिएको हो।

साम्बासँगै सरु लिम्बु, अनिता बस्नेत र रश्मीकुमार घिसिङले पनि गोल गर्दै टोलीको जितमा योगदान दिएका छन्। नेपाली महिला फुटबल टोलीले खेलभर आक्रामक रणनीति अपनाउँदै प्रतिद्वन्द्वीलाई कुनै मौका नै नदिएको थियो।

यो जितसँगै नेपालले एएफसी महिला एसियन कप छनोटमा सशक्त सुरुवात गरेको छ। कप्तानको रूपमा पहिलो पटक टिमको नेतृत्व गरेकी सावित्राको प्रदर्शन प्रशंसनीय रह्यो।

नेपालको अर्को खेलमा पनि उत्साहजनक प्रदर्शनको अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x