युरोकपको उद्घाटन खेलमा इटालीद्वारा टर्की पराजित

10K
shares
Nabil bank

एजेन्सी।समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० गोलले पराजित गरेको हो।

पहिलो हाफमा गोलरहित बराबरी पछि ५३ औँ मिनेटमा टर्कीका मेरिह देमिरालले आत्मघाती गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा चिरो इमोबिले तथा ७९ औँ मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गरी इटालीलाई जित दिलाए।

इटाली सन् २०१८ को सेप्टेम्बर यता लगातार २८ खेलमा अपराजित रहेको छ । पहिलो हाफमा दबाब बनाए पनि गोल गर्न नसकेको इटालीले दोस्रो हाफमा गोल गरेको हो ।

बुधबार टर्कीले वेल्स तथा इटालीले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x