Banner ad for NADA AUTO SHOW -2026

सेवाग्राही बाट मात्र होइन कर्मचारीले नै कर्मचारी बाट अवैध असुल्ने वैदेशिक रोजगार विभाग

2.5K
shares

काठमाडौँ । कर्मचारीले सेवाग्राहीसँग अवैध असुलेको खवर सामान्य नै हो तर, नेपाल सरकारको एउटा कार्यालय छ, जहाँ हाकिमले नै कर्मचारीसँग दैनिक लुटिरहेको छन् ।  नेपाल वैदेशिक रोजगार विभाग भन्ने एउटा कार्यालय छ जहाँ हाकिमलाई दैनिक अवैध रुपैयाँ नबुझाए कर्मचारीले कामै गर्न पाउँदैनन् । अथवा हाकिमले काम गर्ने ‘पासवर्ड’ नै दिँदैनन् । हरेक कर्मचारीले प्रयोग गर्ने  ‘युजर आइडी र पासवर्ड’ हाकिमसँग हुन्छ । हाकिमले उक्त ‘आईडी र पासवर्ड’ आफू अनुकूल कर्मचारीलाई मात्र दिने गर्दछन् । अन्यका हकमा भने दैनिक कबोलको रकम बुझाएपछि मात्र दिने गरिएको छ ।

यो विभागमा महानिर्देशक छन् कमलप्रसाद भट्टराई । जो यस अघि पनि पटक पटक विवादमा रहेका कर्मचारी हुन् । प्रधानमन्त्री केपी ओलीले देशमा सुशासनको नारा लगाएका छन् । तर, प्रधानमन्त्रीको नाकमुनि रहेको एउटा विभागमा  भने कमाउ धन्दा चलाइएको छ । भिजिट भिसाको नाममा विमानस्थलको अध्यागमन कार्यालयमा ट्राभल्स एजेन्सीको सहयोगमा दैनिक करोडौँ असुल्ने गरिन्थ्यो । वैदेशिक रोजगार विभागमा पनि व्यक्तिगत शाखादेखि अन्य शाखामा पनि उधुम उठौती भइरहेको छ । ठ्याक्कै विमानस्थलको अध्यागमनको शैलीमा ।

 

 

विमानस्थलको अध्यागमनमा झँै अख्तियारको आँखा नपरेका कारण धेरै पीडित हुनु परेको अवस्था छ । विदेश जाने नाममा मेनपावर कम्पनीहरूको  विभागको  व्यक्तिगत शाखामा कार्यरत कर्मचारीको सेटिङ हुनेगरेको खवर यस अघि पनि आइरहेको थियो ।

 

यसरी सेटिङमै काम गरेबापत विभागको व्यक्तिगत शाखामा काम गर्ने सुब्बा तहमा कर्मचारीले प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म अवैध असुलेको बताइन्छ । यसरी उठेको  रकम ५० प्रतिशत विभागको महानिर्देशक र माथिल्लो निकायको नाममा जम्मा गरेको पाइन्छ । सोही रकम नबुझाए महानिर्देशकले काम गर्ने पासवर्ड नै बन्द गरिदिने एक कर्मचारीले बताए ।
मासिक रुपमा नै करोडौँ रुपैयाँ सङ्कलन गर्न बाध्य पार्ने महानिर्देशकले माथिल्लो निकायसम्म बुझाउन पर्छ भन्दै रकम असुल्ने गरेको यहाँ काम गरेका एक सुब्बाले बताए ।

 

 

जुनसुकै दलसँग पनि रकमले नजिक बन्ने महानिर्देशक भट्टराई माओवादीको कृपाबाट हङ्गकङको वाणिज्य दूत , भन्सार विभाग र सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक बनेका रकमी हाकिम हुन् ।

 

उक्त विभागका डिजी कमल भट्टराईसँग यस विषयमा कुरा गर्दा उहाँ मन्त्रालयमा छु र प्रवक्तासँग कुरा गर्नुस् भनेर पन्छिनुभयो।

 

हामीले यस विषयमा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीसँग कुरा गर्दा उनले सम्बन्धित शाखामा पोस्टिङ गरेको र दरबन्दी लिएर आएकालाई हामीले युजर आइडी र पासपोर्ट दिएका छौं तर फाजिलमा आएका कर्मचारीहरूलाई हामीले दिँदैनौं। किनभने यसको मिसयुज नहोस् भन्ने हिसाबले हामीले यसो गरेको हौं शिवाकोटीले बताए।

civil hospital
Hams Hospitals