पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल

1.8K
shares

काठमाडौं ।नेकपा (एमाले) को हालै सम्पन्न पोलिटब्युरो बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल भएको छ।

शुक्रवार र शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दुईदिने बैठकमा भण्डारीको एमाले प्रवेश र भूमिकासम्बन्धी चासो उठेको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भण्डारीजस्तो गरिमायुक्त पदमा बसेकी व्यक्तिले सक्रिय राजनीतिमा प्रवेश गर्दा त्यसले पार्टी र समग्र राजनीतिक वातावरणमा पार्न सक्ने प्रभावबारे बैठकमा गम्भीर बहस भयो।

गौतमका अनुसार, “गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो। पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे। कमिटीको गम्भीर ध्यानाकर्षण भयो,” उनले भने।

उनले थपे, “अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा थप छलफल गरौँ भन्नुभएको छ।”पूर्व राष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण हाल पेन्डिङ अवस्थामा रहेको समेत गौतमले जानकारी दिए। पार्टीले त्यसबारे पछिको निर्णयबाट टुंगो लगाउने बताइएको छ।

यसअघि पूर्व राष्ट्रपति भण्डारीले सार्वजनिक रूपमा नेकपा एमालेको कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। उनले विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको खुलेर समर्थन गर्दै आएकी छिन्।

यो विषयमा एमालेभित्र विभिन्न धारणा देखिन थालेका छन्, र पार्टीले तत्कालीन अवस्थाको समग्र मूल्याङ्कन गर्दै निर्णय गर्ने बताइएको छ।

civil hospital
Hams Hospitals