अधिकार सम्पन्न बागमती आयोजनामा ‘स्टोर किपर’को अत्याचार 

36.2K
shares
Nabil bank

 

 

काठमाडौँ । स्टोरमा बस्ने सुब्बाका चर्तिकला हरेक मन्त्रालय वा कार्यालयमा फरक ढङ्गको हुन्छ नै । हरेक कार्यालयको ढुकुटी नै चलाउने स्टोरका सुब्बाले मन्त्रालयमा मन्त्री र सचिवलाई पनि उठबस गराउने घटना नौलो होइन । स्टोरको अधिकार लिएर शक्ति केन्द्रलाई रिझाएर मस्ती मार्ने मध्येकै एक स्टोर किपर हुन्, रामप्रसाद पाण्डेय । २०७० सालमा बाजुरा जिल्ला प्रशासन कार्यालयबाट नियुक्ति लिएका पाण्डेय सुदूरपश्चिममै जन्मिएका हुन् । खरदारमा जागिर सुरु गरेका पाण्डेयले त्यसपछि कृषि मन्त्रालयमा अन्तर्गत काम गरेका थिए । बाजुरा कृषि विकास कार्यालयमा सरुवा भएको उनको व्यक्तिगत सूचना प्रणालीमा देखिन्छ । बाजुरा बाट अछाम पुगेका उनी मालपोत कार्यालय अछाममा बसे ।

 

 

 

सुब्बामा बढुवा भएपछि मालपोत कार्यालय पुगेर उनले गरेको कामले उनलाई आर्थिक मालामाल पनि बनायो । अछाम मालपोतमा केही समय काम गरेर उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आइपुगे ।  २०४६१७ कर्मचारी सङ्केत नम्बर भएका उनले पछिल्लो समय भने स्टोरमा बसेर चाँदी कटाई गरिरहेका छन् । खरिदार पदमा रहँदा नै कृषि विकास कार्यालयको स्टोरमा बसेर अवैध कमाउने काम सिकेका पाण्डेय २०७९ चैत्र १४ मा मालपोत कार्यालय अछाममा पुगेका थिए । त्यसको दुई महिनापछि अथवा २०८० जेठ ९ मा  उनी सङ्घीय मामिला तथा सामान्य मन्त्रालयमा पुगे ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी राखेर पाण्डेयले शहरी मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती आयोजनाको स्टोरमा मस्ती मारिरहेका छन् । यो स्टोरमा काम गरेको पनि दुई वर्ष भइसक्यो । तर, उनको सरुवा हुँदैन । हरेक कर्मचारीको अधिकतम दुई वर्षमा एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनै पर्ने नियम छ ।

 

 

 

बढुवा भएको दुई महिनामै  अछामबाट पहुँच र पैसाको भरमा काठमाडौँको नाम चलेको आयोजनामा साम्राज्य चलाइरहेका छन् । साम्राज्य चलाउने मात्र होइन उनले अरूलाई नैतिकताको पाठ पढाई रहेको सुन्नेहरू पनि मुखामुख गर्छन् ।

 

 

‘जो कुनै पनि कार्यालयमा नियम सङ्गत पुगेको छैन उसैले हामीलाई सरुवा बढुवाको पाठ पढाउन खोज्छ’, पाण्डेयप्रति व्यङ्ग गर्दै एक कर्मचारीले बताए । उनले स्टोरमा गरेको बदमासीका बारे निक्कै आलोचना हुने गरेको छ । तर, स्टोरमा बसेर अवैध काम गर्दै माथिल्ला निकायमा रकम पेलेर सब थामथुम पारिरहेका छन् ।

 

बागमती नदी सफाइ गर्दा चाहिने माक्स,कपडा तथा अन्य उपकरणमा उनले ब्रह्म लुट नै गरेको एक सामान सप्लायर्सले बताए । कमिसनमा पनि उनले धेरै नै रयाल चुहाएको ती सप्लायर्सले बताए । कतिपय सामान विभिन्न सामाजिक सङ्घसंस्थाले दिए पनि सोही सामान पनि खरिद गरेको बिल बनाएर कार्यालय भुक्तानी लिने गरेको उनलाई आरोप छ ।

 

काम नगरी कतिपय बिल भर्पाई वनाएको एक कर्मचारीले बताए । पैसो भए जे पनि हुन्छ भन्दै उनले पैसो कमाउनु पर्ने भन्दै जुनसुकै काम गर्न पछि नपर्ने खुलमखुला बताउने गरेको एक श्रेष्ठ थरका कर्मचारीले बताए ।

 

 

ज्यालादारीमा काम लगाएको भनेर काम नगरेका मानिसको  नाम पनि पेस गरेर भुक्तानी लिएको उनी विरुद्ध उजुरी छ ।  सप्लायर्समार्फत अवैध आर्जन गर्ने यिनले  विभिन्न  आयोजना तथा एनजिओ,आई एनजिओ समेतलाई सके धम्क्याउने नसके फकाउने र कुम्ल्याउने गरेको उजुरी छ  ।

 

 

मन्त्रालयमा  पेट्रोल,डिजेलका २० लिटरका कुपन बोकेर मन्त्रीको ढोकामा बस्ने र मन्त्री र मन्त्रीका मान्छेलाई बाँड्ने र प्रभावमा पार्ने पाण्डेयको अर्को काम हो मन्त्रालय तथा अन्य कार्यक्रम हुँदा खाजा र खानामा पनि सङ्ख्या बढाउने उनको काम हो ।  त्यसो त अन्य सहकर्मीलाई अख्तियारमा पनि मेरै मान्छे छन् भन्दै धम्क्याउने गरेको सहकर्मीहरू बताउँछन् ।

 

 

मन्त्री,सचिव र  सहसचिव पनि मेरै मान्छे हुन् कसले छुन सक्छ भन्दै  सरुवा भए पनि बदर गरिन्छ भन्ने गरेको उनका एक सहकर्मीले बताए । अवैध आम्दानी गरेर सहकर्मीमाथि नै मपाईँत्वको व्यवहार गरेपछि पाण्डेयमाथि नियामक निकायमा उजुरी पनि परेको छ ।

 

 

तर, स्टोरकिपर पाण्डेय भने यो सबै आरोप मिथ्या भएको बताउँछन् । पशुपतिनाथको छेउमा बसेर अवैध काम नगरेको उनको भनाइ छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x