Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

आइएमई मोटर्सलाई अशोक लेल्यान्डको अन्तर्राष्ट्रिय अवार्ड,अन्तर्राष्ट्रिय सम्मेलनमा ‘वेस्ट सर्भिस प्रोभाइडर’ को मान्यता

1.1K
shares

काठमाडौँ नेपाली अटोमोबाइल क्षेत्रमा सक्रिय आइएमई मोटर्सले प्रतिष्ठित ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त गरेको छ। भारतको अशोक लेल्यान्डद्वारा आयोजित ‘ग्लोबल कन्फ्रेन्स २०२५’ मा अन्तर्राष्ट्रिय अपरेसन श्रेणी अन्तर्गत उक्त सम्मान आइएमई मोटर्सलाई प्रदान गरिएको हो।

साझेदारीको एक दशक पूरा गर्दै गर्दा प्राप्त यो पुरस्कारले आइएमई मोटर्स र अशोक लेल्यान्डबीचको सहकार्यलाई थप मजबुत बनाएको छ। सेवा, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ग्राहक सन्तुष्टिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो।

आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो सम्मानलाई सर्भिस टिमको सामूहिक समर्पणको परिणामका रूपमा उल्लेख गर्दै भविष्यमा पनि उत्कृष्ट सेवाप्रति प्रतिबद्ध रहने बताए। कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डले कम्पनीलाई अझ प्रेरित बनाएको उल्लेख गर्दै सेवा गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य पुनः दोहोर्‍याए।

यसै अवसरमा अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले नेपालमा अशोक लेल्यान्ड सँगको १० वर्षे सफल सहकार्यको सराहना गर्दै यो सम्मानले आपसी सहयोग र उत्कृष्ट ग्राहक अनुभवको प्रतिबद्धता झल्काएको बताए।

हरेक वर्ष आयोजना हुने अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्समा विश्वभरका साझेदारहरूलाई नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा सम्मान गरिन्छ। यस वर्षको पुरस्कारले नेपाली अटो क्षेत्रकै शान र सम्भावनालाई उजागर गरेको छ।

civil hospital
Hams Hospitals