न्याय सेवा आयोगले गर्यो बढुवा र सरुवा

16.2K
shares
Nabil bank

 

काठमाडौ । रजिष्ट्रार विमल पौडेल मुख्य रजिष्ट्रारमा बढुवा भएका छन् । सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण बिदा भएका थिए ।

 

त्यसैगरी, सह–रजिष्ट्रार मानबहादुर कार्की पौडेलको ठाउँमा आएका छन् । आयोगले उनलाई रजिष्ट्रारमा बढुवा गरेको हो । महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सूर्यराज दाहाल भने सचिवमा बढुवा भएर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन भएका छन् ।

 

 

 

सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सहसचिव निर्मला अधिकारीको सचिवमा बढुवा भएको छ । उनलाई आयोगमै पदस्थापन गरिएको छ । सहसचिव इन्दिरा दाहाल भट्टराईको पनि सचिव पदमा बढुवा भएको छ । निर्वाचन आयोगमा कार्यरत उनी नेपाल कानुन आयोगमा पदस्थापन भएकी छिन् ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x