चार उच्च कर्मचारी सरुवा हुँदा को कता पुगे ?
वि.सं.२०८२ साउन १३ मंगलवार
shares
काठमाडौं। राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका केही कर्मचारीहरुको सरुवा गरिएको छ।
सरुवामा परेका तीर्थराज चिलुवाल हुन् । हाल आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक (नेपाल प्रशासन सेवा) रहेका चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतको सहसचिव पदमा सरुवा गरिएको छ।
शेष नारायण पौडेल पनि सरुवामा परेका छन् । हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव (नेपाल प्रशासन सेवा) रहेका पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा गरिएको छ। साथै, उनलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण, ललितपुरमा काजमा खटाइएको छ।
बुद्ध बहादुर गुरुङलाई आदिवासी जनजाति आयोग, ललितपुरको सचिव पदमा सरुवा गरिएको छ।
मिमांस अधिकारीलाई वन तथा वातावरण मन्त्रालय वा अन्तर्गतको सहसचिव पदमा सरुवा गरिएको छ।

































