काेपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

13.4K
shares
Nabil bank

एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले नेइमारको गोलको मद्दतमा जित हासिल गरेको छ ।

आज बिहान भएको खेलमा समूह बी मा रहेको ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु टोली ब्राजिलका लागि खेलको २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरे । खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।

त्यस्तै नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । डच टिमका लागि खेलको ५२ औँ मिनेटमा जर्जिनिओ वाइनाल्डम, ५८ औँ मिनेटमा वाउट वेघोर्स्त र ८५ औँ मिनेटमा डेन्जेल डमफ्रीजले गोल गरेका हुन् ।

आइतबार राति नै भएको अर्को खेलमा अस्ट्रियाले नर्थ मेसेडोनियामाथि ३–१ गोलको जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x